
पूर्णपुष्टि, साउन २३ गते । मोरङको जहदा गाउँपालिका–५ स्थितमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानन्द महतोको १५ बर्षीय छोरा भरत महत्तो रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार हिजो साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको थियो । यस घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
