Wednesday, June 10News That Matters

रौतामाईको गाउँसभा अधिवेशन शुरु

पूर्णपुष्टि, अषार ११
जिल्लाको रौतामाई गाउँपालिकाको गाउसभाको अधिवेशन आजबाट शुरु भएको छ । उक्त अधिवेशनमा गा.पा. अध्यक्ष विरेन्द्र मगरले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन ।
गाउँसभामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यसहित कार्यपालिका सदस्य समेतको सहभागिता हुन्छ । नेपालको संविधान अनुशार स्थानीय तहले अषार १५ भित्र नीति तथा कार्यक्रम पास गरिसक्नुपर्छ ।