Saturday, June 27News That Matters

रौतामाईको टिकटका लागि माओवादी केन्द्रमा तीन जनाको सशक्त दावी

पूर्णपुष्टि, वैशाख १० ।
उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट तीनजनाको पालिका अध्यक्षको सशक्त उम्मेदवारी दावी देखिएको छ । चार गाउँपालिका र चार नगरपालिका रहेको उदयपुरमा गठबन्धनले रौतामाई गाउँपालिका माओवादी केन्द्रको नेतृत्वमा बाँडफाँट गर्ने देखिएपछि त्यसभित्रमा टिकटको दावेदारी बढेको हो । अहिलेससम्म गठबन्धनले निर्णय सार्बजनिक गरिनसकेको भएपनि पार्टीभित्रको तयारी र टिकट दावेदारी जोडले बढेको देखिन्छ ।
सो पालिकामा पार्टीका नेताहरु एविराज राई, विरेन्द्र मगर र इश्वर राना मगरको कडा दावेदारी देखिएको हो । गाउँ पार्टीले यी तीन नेतासहति पाँचजनाको नाम अध्यक्ष उम्मेदवारीको लागि सिफारिस गरेको छ । अन्य दुईजनामा लिलाबहादुर परियार र जीवन बुर्जा मगर हुन् ।
सशक्त दावीमा उत्रिएका तीनै जनाले आ–आफ्ना तर्क र जित्ने आधारका साथ दावी बढाएका छन् । पार्टीको १ नं. प्रदेश सचिवालय सदस्य एवम् वाईसिएल प्रदेश इन्चार्ज रहेका एविराज राईले पार्टीलाई संसदीय निर्वाचन प्रणालीमार्फत समाजवाद तर्फ लैजान र पार्टीले दिएको योजनाहरु सफल बनाउन आम युवाहरुको सशक्त भुमिका हुने र युवा हुनुको नाताले पहिलो दावेदार रहेको बताए । साथै पार्टीको केन्द्रले बनाएको चुनावी कार्यविधि र सर्कुलरमा उल्लेखित मापदण्डले सिनियरीटिको आधारमा उम्मेदवार छान्ने कुरा आफुमा लागु हुने उनको भनाई छ । आफु पार्टीको प्रदेश सचिवालय सदस्य तथा वाईसिएल प्रदेश इन्चार्जको नाताले अन्या दावेदारहरु भन्दा सिनियर रहेकोले टिकटको हकदार रहेको उनको तर्क छ ।
थुप्रै सम्भावना र भौगोलिक हिसावले समस्याहरु रहेको रौतामाईमा आफु हुर्की, बढेको र त्यहाँको भुगोल, जनजीवनसंग परिचित रहेकोले आफ्नो नेतृत्वको जरुरी रहेको उनको तर्क छ । साथै गठबन्धनको भावनालाई सम्मान गर्दै सबैलाई समेटेर नेतृत्व गर्ने क्षमता आफुमा रहेकोले दावी रहेको बताए ।
पार्टीको तर्फबाट अर्को सशक्त दावेदार विरेन्द्र मगरले यस पटकको चुनावमा आफुले टिकट पाए जित प्राप्त हुने दावी गरे । गाउँ पार्टी अध्यक्ष रहेका मगरले गत चुनावमा आफु थोरै मतले मात्र पराजित भएकोले हाल जनताको सहानुभुती रहेको र फेरी चुनावमा आएमा विपक्षीसमेतले भोट दिने वातावरण रहेको बताए । रौतामाईका जनताले गत चुनावमा गलत ब्यक्तिलाई जिताइएछ भन्ने पश्चाताप र गल्ती महशुस गरेको अवस्था रहेको र आफुलाई नेतृत्वमा आउन दवाव जनताबाट रहेको उनले दावी गरे । गत मंसीर ११ गते पार्टीको पालिका अधिवेशनमा दुईतिहाई मतले आफु अध्यक्ष बन्नु, कार्यकर्ता पंतीबाट अवको पालिका अध्यक्षका लागि दवाव गराएको उनको तर्क छ । जनभावना र जनजहरको हिसावले पनि आप्mनो सशक्त दावी रहेको उनको भनाई छ ।
त्यसैगरी सशक्त दावेवारीमा रहेका पार्टी प्रदेश विभाग सदस्य इश्वर राना मगरले अन्य दावेदारहरु मध्ये आप्mनो दावेदारी सबैभन्दा उपयुक्त रहेको दावी गरे । कार्यविधिको आधारमा एकचोटी पाइसकेकाले विशेष कारण बाहेक नपाउने भनिएकोले विरेन्द्र मगरले यसअघि नै पाइसकेकोले अब आप्mनो पालो रहेको उनले बताए । अर्का दावेदार एविराज राई सिनियर नेता भएकोले तल झर्न नहुने तर्क राख्दै टिकट आफुले पाउनु पर्ने दावी गर्नुभयो ।
आफु लामो समय विभिन्न संघसंस्थाको नेतृत्व गरी सफलरुपमा समाजिक काम गर्दै आएकोले एउटा संस्था कसरी चलाउने भन्ने राम्रो ज्ञान र अनुभव रहेकोले क्षमताको हिसावले आफुले टिकट पाउनुपर्ने तर्क उनको छ । रौतामाईको भुगोल, बस्ती र जनजीवनसंग आप्mनो सामित्यता रहेको र उनीहरुले पनि आफुलाई नेतृत्वमा चाहेको उनको भनाई छ ।
टिकटको टुङ्गो जिल्ला समन्वय समिति हुदै प्रदेशको हातमा पुगेको छ । त्यहाँबाट आउने निर्णय आप्mनो पक्षमा हुन सकोस् भन्ने अभ्यास आकांक्षी सबैबाट भइरहेको पाइएको छ । प्रदेशको निर्णयबाट टिकट टुङ्गो लागेसंगै चुनाव चिताउनमा भने एकआपसमा सहयोग गर्ने धारणा भने सबैमा पाइएको छ ।