
मिलन परियार
रौतामाई/चैत्र, २१,
देशमा लकडाउन भईरहेको अवस्थामा उदयपुर पनि पूर्ण रुपले लकडाउनमा छ । कोरोनो संक्रमणलाई रोक्नको निम्ति जिल्लाले पूर्ण लकडाउनको पालना गरिरहेको अवस्था भएपनि दैनिक रुपमा ज्याला मजदुरी र विपन्न परिवारहरु भने अहिले भोकमरीमा छ ।
यसै समस्यालाई समधान गर्न उदयपुरमा रहेका ८ ओटै स्थानीय तहहरु यतिवेला आफ्नो पालिकामा रहेका त्यस्ता परिवार र व्यक्तिहरुको पहिचान गरी राहत उपलब्ध गराउने कार्यमा जुटिरहेको अवस्था छ ।
यसै क्रममा रौतामाई गाउँपालिकाले पनि आफ्नो पालिकामा रहेको त्यस्ता व्यक्तिहरुको पहिचान गरी आज शुक्रबार २३१ घर परिवारलाई राहत वितरण गरेको छ । पालिकाको विभिन्न वडाहरुमा रहेका त्यस्ता व्यक्तिहरुलाई पहिचान गर्दै खाद्यन्न उपलब्ध गराराउने कार्य भईरहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो ।
खड्को अनुसार आज पालिकाको वडा नं ७ गुराँसे , मुर्कुची ,खानिटार , पुवारे , धांले , राजाबास सिखर ,कोल्बोटे लगाएतका २३१ घर परिवार लाई खाधान्न सामाग्री बितरण गरेको छ । खाद्यन्न जनप्रतिनिधि , सामुदायिक बन , स्थानीय लघुबित्त संस्था को सहयोगमा वितरण भएको हो ।
पहिचानमा परेको प्रत्येक व्यक्ति तथा परिवारलाई चामल २० केजि दाल २ केजि तेल १ लिटर नुन २ केजि र सरसफाइ को लागि हात धुने साबुन पनि वितरण गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
विश्वभरी माहामरी को रुपमा फैलिएको नोबेल कोरोना कोभिड १९ का कारण नेपाल सरकारले लकडाउन गरेसँगै रौतामाई गाउँपालिकाका ८ वटै वडामा खाधान्न संकट हुन नदिनका निम्ति पालिकाले दैनिकी रुपमा ज्वाला तथा मजदुरि गरि आफ्नो जिबिका पार्जन गर्ने घर परिवारको पहिचान गर्ने कार्य तिव्र रुपमा चलिरहेको अध्यक्ष खड्काले बतााउनुभयो ।
उहाँले पहिचान भईसकेको र अन्य बाँकिको पनि तत्काल पहिचान गरी सबै वडामा खाधान्न राहत सामाग्री बितरण गर्ने बताउनुभएको छ ।
