Thursday, June 4News That Matters

रौतामाईमा पनि चुनावी गतिविधी तीब्र

पूर्णपुष्टि, वैशाख १६ गते ।
उदयपुरको रौतामाई गाउँपालिकामा पनि चुनावी गतिविधी तीब्र रुपमा गर्न थालिएको छ । कांग्रेस, माओवादी र जसपाको गठबन्धनले जनवादि कलाकार तथा संस्कृतिक कार्यक्रमसहित चुनावी गतिविधीलाई तीब्रता दिएको हो ।
गठबन्धनले भोली वैशाख १७ गते विहान ९ देखि रौतामाई–६ चिसापानीबाट आफ्नो कार्यक्रमको सुरुवात गर्ने छ । त्यस्तै, १८ गते वडा नम्बर ७ मुर्कची, १९ गते वडा नम्बर ८ पुवारे, २० गते वडा नं. १ डहर र २१ गते वडा नं.३ लाफागाउँमा कार्यक्रम गरिने छ ।
यता २२ गते वडा नं. ५, डाडा गाउ,२३ गते वडा नँ ४ पोखरि र २४ गते वडा नं. २ भुट्टारमा चुनावी कार्यक्रम गरिने छ ।