
पूर्णपुष्टि, जेठ १४ ।
रौतामाई गाउँपालिकाक नवनिर्वाचन अध्यक्ष विरेन्द्र मगरले आप्mनो कार्यकालको सुरुवातमा बृद्धबृद्धाहरुलाई सहयोग पुग्ने गरी गाउँमै बृद्धभत्ता पुर्याउने ब्यवस्था मिलाउने भएका छन् । बृद्धबृद्धालाई बैंकसम्म पुगेर बृद्धभत्ता लिन कष्टपूर्ण देखिएकोले अवदेखि गाउँमै पाउने गरी ब्यवस्था मिलाउने भएको अध्यक्ष मगरले बताए ।
मगरका अनुसार गाउँमै बृद्धबृद्धाका लागि भत्ता पुर्याउने ब्यवस्था मिलाउने गरी बैंकसंग समन्वय गरिएको छ । रौतामाईमा प्रभु र मेगा बैंक रहेको छ । मुर्कुची बजारमा कार्यालय रहेको मेगाले ७ र ८ गरी दुईवटा वडा हेर्ने र भुट्टारमा कार्यालय रहेको प्रभुले बाकी ६ वटा वडामा सेवा दिने जनाइएको छ ।
रौतामाईमा रहेका दुई बैंकहरुसंग बृद्धबृद्धाहरुको सुविधाका लागि गाउँगाउँमै बृद्धभत्ता पुर्याउने गरी सम्झौता नै गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङले बताए । पालिकाले बैंकलाई गर्नुपर्ने आवश्यक सहयोग गरेर पनि गाउँगाउँमा बृद्धभत्ता पुर्याउने उनले बताए ।
