
पूर्णपुष्टि, जेठ १४ ।
त्रियुगा नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसको प्रष्ट अग्रता भइसकेको अवस्था छ । दुईहजार बढि मतले अग्रता कायम गरेपछि काङ्ग्रेस जित नजिक पुगेको आकलन गर्न थालिएको छ ।
यतिबेला सर्बसाधारणको ध्यान भने उपप्रमुख तर्फ खिचिएको छ । उपप्रमुखमा काङ्ग्रेसको अग्रतालाई एमालेले फरालिलो मतअन्तरलाई थोरै अङकमा खुम्च्याउनुले चासोपूर्णरुपले हेरिएको हो । अबको मत अन्तर ३२ मात्र रहेको छ । सुरुमा तेस्रो स्थानमा रहेको एमालेले गठबन्धनलाई उछिन्दै दोस्रो स्थानमा मात्र आएन फराकिलो मत अन्तर खुम्च्याउदै अग्रतामा पुग्ने संकेत नै देखाएको छ । हाल कांग्रेसकी उपप्रमुख सरिता राईको ९०९९ मत रहेको छ । पछिल्लो मतगणनामा वडा नं. ६, ७, ८ र ९ को मतले एमाले उपप्रमुख अगाडी बढ्दै जाँदा काङ्ग्रेसको उपप्रमुख अग्रतालाई धरापमा पारेको छ । मतअन्तर पुगेर अग्रतामा जानसक्ने संकते देखिएको एमालेकी उपप्रमुख महेश्वरी राईको ९०६७ मत रहेको छ ।
हाल तेस्रो स्थानमा रहेको गठबन्धनतर्फकी नेकपा (माओवादी केन्द्र) की गिता खड्का कार्कीको ५४९५ मत रहेको छ । अब मत गन्न बाँकी १० हजार ६०४ मात्र बाँकी छ ।
वडा नं. ६ र ७ को गणना अन्ततिर छ भने ८ र ९ को मध्यतिर छ । वडा नं. १०, ११ र १२ गन्न बाँकी छ । अन्य वडाहरु गणना भइसकेका छन् । १६ वडा रहेको त्रियुगामा ४० हजार १७९ मत खसेको थियो ।
