
पूर्णपुष्टि, जेठ २ गते ।
उदयपुरको रौतामाई गाउँपालिकामा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का बिरेन्द्र मगर अध्यक्षमा विजयी हुनु भएको छ । ८४२ मतको फराकिलो अन्तरमा उहाँले जीत हाँसिल गर्नुभएको छ । उपाध्यक्षमा गठबन्धनतर्फकै नेपाली काङ्ग्रेसका भुपेन्द्र थापा विजयी हुुनु भएको छ ।
अध्यक्ष मगरले ४१८८ मत प्राप्त गर्नुभयो भने उपाध्यक्ष थापाले ३६९९ मत प्राप्त गर्नु भएको छ । अध्यक्षको निकटतम् प्रतिद्वन्द्वि एमालेका भरतबहादुर थापाको ३३४६ र उपाध्यक्ष कुमारी राना ज्यु ठकुरीले ३०९३ मत पाउनु भएको छ । उपाध्यक्षमा ६०६ मतको अन्तर रहेको छ ।
