Monday, April 20News That Matters

रौतामाई गापा अध्यक्षको आफ्नाे सेवा सुविधाबाट तीन अशक्तलाई सहयोग

पूर्णपुष्टि, भदौ ११ ।
चुनाव जितेमा सेवा सुविधा नलिने घोषणा गरेका उदयपुरको रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्रकुमार मगरले आफ्नाे सेवा सुविधाबाट पालिकाका तीनजना अशक्तलाई सहयोग गरेका छन् । आज मुर्कचीमा जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रमसंगै गाउँ पार्टी अध्यक्षसमेत रहेका मगरले रौतामाईकी करेन्ट लागेर अपाङता भएकी कृष्टि दाहाललाई ५० हजार, मुटुरोगी अजिता नेपाललाई २५ हजार, छोरो विरामी भई स्वर्गरोहण भएका शेरबहादुर कामीको दयनीय आर्थिक अवस्थालाई मध्येनजर गर्दै ५ हजार सहयोग गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपी अछामीले सहयोग रकम हस्तान्तरण गरे ।
अध्यक्ष मगरले जनतालाई गरेको बचन अनुरुप आफु अध्यक्ष भएवापत राज्यले दिने सेवा सुविधाबाट असहायलाई सहयोगका साथै सामाजिक काम गरेर पुरा गरेका हुन् ।