
पूर्णपुष्टि, चैत ९ । गाईघाट ।
उदयपुरको रौतामाई गाउँपालिका–४ पोखरीमा टोलभेला तथा सार्बजनिक सुनुवाई आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बिरेन्द्रकुमार मगरको प्रमुख आतिथ्य तथा वडाध्यक्ष रविन्द्रकुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रमले टोलको विकास र समृद्धिमा एकजुुट भएर लाग्ने निर्णय गरेको छ ।
कार्यक्रममा पालिका उपाध्यक्ष भुपिन्द्रकुमार थापा, प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेल, लेखा प्रमुख भुपध्वज रायमाझी, सामाजिक विकास समिति संयोजक तथा २ नं. वडाअध्यक्ष होमबहादुर दाहाल, ६ नं. वडाध्यक्ष पृथ्वीकुमार राई, ७ नं. वडाध्यक्ष मनोजकुमार राना मगर, ८ नं. वडाध्यक्ष घमानसिंह थापा लगायतको उपस्थिति रहेको थियो ।
