
पूर्णपुष्टि, बैशाख १८ गते ।
लकडाउनमा अत्यावश्यक सामानको भन्दा अन्य पसल खोलेको भन्दै प्रहरीले तुलसीपुरका सात जना व्यापारीलाई पक्राउ गरेको छ ।
फेन्सी, स्टेसनरी, जुत्ता पसल लगायतका पसल सञ्चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पटक–पटक सम्झाउदा पनि अटेरी गर्दै लकडाउनको उल्लङ्घन गरी पसल खोलेकाहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सम्झाउँदा उल्टै प्रहरीसँग विवाद गरेकाले नियन्त्रणमा लिन बाध्य भएको प्रहरीले बताएको छ ।
