
पूर्णपुष्टि, मंसिर १९
मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे–२ का १२ वर्षीय राजु मोते भन्ने विवेक मोतेलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । हिजो बेलुका ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदैं गरेका मोतेलाई बिराटनगरको १ नम्बर ढाँटबाट पक्राउ गरेको थियो । पक्राउ परेको मोतेको साथबाट लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी, दुहबी सि.आर.भि.बाट खटिएका प्रहरी टोलीले उर्लाबारी नगरपालिका–७ का ३३ वर्षीय किरण थापा मगर र सोही स्थानका ३१ वर्षीय राम कुमार यक्चोलाई हिजो बेलुका ७ बजे एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिजेसिक ५ एम्पुलसहित दुहबीबाट पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
