Saturday, April 25News That Matters

लागुऔषध सहित ७ जना पक्राउ

पूर्णपुष्टि, असार १७ गते । झापा र सुनसरी जिल्लामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ७ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ। झापाको भद्रपुर नगरपालिका–५ स्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भद्रपुर–८ का ३६ बर्षीय सन्तोष राजवंशी र २६ बर्षीय अमर बरैयालाई ५ ग्राम १७ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो।

त्यसैगरी, सुनसरीको धरान–८ मा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ३६ सुनिल श्रेष्ठ र २३ बर्षीय दीपक विश्वकर्मालाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । नरसिंह गाउँपालिका–६ का २४ बर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० बर्षीय अजय कुमार देवलाई स्पास्मो २५४ ट्याब्लेट, नगद ३९ हजार र मोटरसाइकल सहित पक्राउ गरिएको छ। धरान–१५ का २७ बर्षीय कबिर तामाङलाई ट्रामाडोल ९०, स्पास्मो ९० ट्याब्लेट र १०० ग्राम गाँजा सहित पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।