
पूर्णपुष्टि, १६ मंसिर
उदयपुर प्रहरीले संञ्चालन गरेको लागु औषाध रोकथाम (एमडिआई) अभियान निकै प्रभावकारी देखिएको छ । जिल्लामा लागु औषाध प्रयोग रोक्न प्रहरीले हदै सम्मको प्रयास पहल गरिरहेको छ । एसपी रमेश थापा नेतृत्वको प्रहरी टोलीले उदयपुरमा अहिले सम्मकै नयाँ बिधि स्वरुप लागु औषाध नियन्त्रणको प्रयास गरिरहेको छ ।
एसपी थापाले जिल्लामा लागु औषाध प्रयोगकर्ता, डिलर जस्ता मुख्य क्षेत्रलाई नजिक बाट नियालेर नियन्त्रणको बिधिहरु अपनाएर अघि बढिरहेको अवस्था छ । जस अन्तर्गत एसपी थापाले लागु औषाध नियन्त्रण कार्वाही बाट मात्रै सम्भव नुहुने समेत जनाउँदै आएको छ । जस अलवा उनिहरुलाई बैचारिक ज्ञान र परामर्शको पनि उत्तिकै आवश्यक रहेको एसपी थपाको बुझाई छ ।

थापाका अनुसार सप्लाई गर्नेलाई भने मुद्धा चलाएर कार्वाही गर्नुूको बिकल्पै नरहने बताउँछन् । तर प्रयोगकर्ताहरुलाई भने लागु औषाध बाट टाढा राख्न मनोपरामर्श पनि आवश्यक रहेको छ । मनोपरामर्शले पनि प्रयोगकर्ताहरुलाई टाढा राख्न मदत गर्छ एसपी थापाले भने । यता प्रयोगकर्ताहरु नै नरहने भएपछि डिलर सप्लाईहरु आफै घटेर जाने थापाको बुझाई छ । उदयपुरमा फैँलदो लागु औषाध नियन्त्रणमा प्रहरीले केही चमत्कारी पनि देखाएको छ ।
उदयपुर प्रहरीको एमडिआई अभियान मार्फत, कार्वाही सँगै मनोपरामर्शको कार्यलाई मुख्य अघि सारेको छ । गत हप्ता मात्रै जिल्ला प्रहरी उदयपुरले ५२ जना लागु औषाध प्रयोगकर्ताहरुलाई मनोपरामर्श दिईएका थिए । त्यस पश्चात उनिहरुले (आई डिएर नो ड्रग क्याम्पियन) भनेर प्रतिबद्धता नै गरेका थिए । जुन भनाईलाई लागु औषाध ध्यागेको संकेत गरिन्छ । सोही अभियान सँगै जोडिएर प्रहरीले ठिक एक हप्ता पछि उनिहरुको अवस्था बुझ्न प्रहरी र स्थानीय सरकारको टोली सहभागीहरुको घघरमै पुगेका थिए ।

प्रहरी प्रमुख एसपी थापा, डिएसपी हरिनन्द चौधरी, त्रियुगा उपमेयर महेश्वरी राई प्रहरी नायव निरिक्षक गंगाराम राई लगायतको टोली परामर्शमा सहभागीहरुको घरघरमै पुगेर उनिहरुको अवस्थाबारे जानकारी लिएको छ । अभिभावकहरुले परामर्श पछि निकै राम्रो अवस्था बच्चाहरुमा आएको जनाए । परामर्शपछि ६० प्रतिशत बच्चाहरुले पहिलेको गलत बाटो त्यागेको समेत प्रहरी सँग अभिभावकहरुले खुसी साटे ।

परामर्शमा सहभागी सपना राईले लागु औषाध त्याग्दै गर्दा आफुलाई समस्या भएपनि जिन्दागीमा यसको सकरात्मक असर परेको जनाईन् । उनले आफुले लागु औषाध त्याग्दै गर्दा मनलाई असहज भएपनि ज्यानलाई निकै सहज भएको अनुभाव सुनाईन् । आज मैले लागु औषाध त्याग्दै गर्दा समाजको प्रेस्टीज मानिसहरु सँग हात मिलाएर हिड्ने अवसर पाएको छु । यो कुरा मेरो लागि निकै ठुलो कुरा हो । त्यो मैल लागु औषाध त्यागेपछि मात्रै महशुस गरे सपनाले भनिन् । एउटा लागु औषाध त्याग्दा मात्रै समाजको ठुला मान्छेहरुले सम्मान गर्दा रहेछ । त्यो बल्ल बुझ्दैछु सपनाले थपिन् । प्रहरीले यो अभियान दैनिक बिहानको समय संञ्चालन गर्ने जनाएको छ । निगरानीको क्रममा प्रहरीले मनोपरामर्शमा सहभागीहरु केही नियन्त्रीत भएको पाईएको प्रहरीले जनाएको छ ।
