
पूर्णपुष्टि,फागुन ६ । त्रियुगा नगरपालिका ६, लालपत्ताका स्थानीयहरुले नगरपालिका क्षेत्रको पर्यटन क्षेत्रहरुमा विकास गर्न बजेट विनियोजन गराईदिन प्रदेश नं १ का संस्कृति पर्यटन तथा वन मन्त्री जिवन आचार्यलाई ध्यानाकर्षण गराएको छ । बेलाबखतमा राजनीतिक परिवर्तन भएपनि यो क्षेत्रले बिकासको रुपमा परिवर्तन पाउँन नसकेको भन्दै मन्त्री आचार्यलाई माऔवादी केन्द्रबाट वडा सदस्य जितेका प्रवेश खड्का लागाएतका स्थानीयहरुले संयुक्त ज्ञापनपत्र बुझाएको हो ।
लालपत्ताको पाल्लेबास क्षेत्रमा इन्द्रावती पोखरी परापूर्वकाल देखि धार्मिक स्थालको रुपमा परिचित छ । तर हाल त्यस पोखरीको उचित संरक्षण, व्यवस्थापन हुन नसक्दा लोप हुने सम्भावना रहेको छ । उक्त पोखरीको संरक्षण गर्न सके पर्यापर्यटन क्षेत्रको रुपमा बिकास हुने साथै त्यस भेगको बोटबिरुवाहरु संरक्षित,बन्यजन्तु लगायत पशुपन्छीहरुको पानिखाने स्थानको रुपमा रहने । इन्द्रावति पोखरी प्रवेशद्धार लालपत्ता घनचक्रे सडक खण्डको लालपत्ता चौकमा निर्माण गर्नु पर्ने । लालपत्ता सामुदायिक बन क्षेत्रको लालपत्ता खोला किनारमा पिकनिक स्पोट निमार्ण गर्ने । शिव पार्वती राधाकृष्ण मन्दिर स्तरोन्नती, शिवालय मन्दिर तथा पूजा व्यवस्थापन स्तरोन्नती र शौचालय निर्माण र पात्लेवास अधुरो गुम्बा निर्माण सम्पन्न गरिएको छ ।
बिकासको ठुलो सम्भावना बोकेको भन्दै स्थानीयहरुले यस क्षेत्रमा बिकासको योजनाहरु आउँन सक्दा स्थानीय जनताहरु सधै निराशावादि हुन बाध्य छन् । पर्यटनको माध्यमबाट यस क्षेत्रलाई विकासको सुरुवात गरि नगरपालिका–जिल्ला हुँदै प्रदेश सम्म पर्यटन क्षेत्रमा विकास गर्न बजेट विनियोजन गराईदिन स्थानीयहरुले प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।

यस क्षेत्रमा जिल्लाको पश्चिमी प्रवेसद्धारको रुपमा रहेपनि यस क्षेत्रलाई बिकास विस्तारको रुपमा हेर्ने दृष्टिकोण फरक छ ।
