
पूर्णपुष्टि, वैशाख १२ ।
उदयपुरकाे लिम्चुङबुङ गाउपालिकाकाे अध्यक्ष उम्मेदवारमा मेजर राई (मिजास) काे टिकट निश्चित भएकाे छ । गठबनणधनकाे तर्फबाट राईकाे अध्यक्ष उम्मेद्वार निश्चित भएकाे हाे ।
गठबन्धनकाे हिजाेकाे जिल्ला बैठकले सबै पालिकाकाे भागबण्डा मिलाएसंगै लिम्चुङबुङ मुख्य पद नेकपा माओवादी केन्द्रकाे परेसंगै पार्टीकाे निर्णयले मेजर अध्यक्षमा निश्चित भएका हुन् । जनताबीच विकासका कारण लाेकप्रिय उनी निबर्तमान अध्यक्ष हुन् । पार्टि पद्धतीमा केही आलाेचित बनेपनि जनता र जन्मभुमिप्रतिकाे प्रतिबद्धता र लाेकप्रियताकाे कारण उनैले टिकट पाएका हुन् । उनकाे टिकटकाे विषयलाई लिएर पालिकादेखि देश विदेशसम्मबाट जनदवाव थियाे । लिम्चुङबुङ र लिम्चसङबसङबासीकाे उज्यालाे भविष्यका लागि आधारस्तम्भ खडा गरि एक कदम अघि बढिसकेका उनलाई एक पटक पालिकाकाे नेतृत्व दाेहाेर्याउन दिनु पर्ने माग र बाैद्धिक टिप्पणीहरु सामाजिक सञ्जालमा छरिएका छन् ।
टिकट पाएसंगै उनले कमिकमजाेरीलाई हटाउदै जनमत लिएर अब अझ राम्राे विकास र जनताकाे काम गर्ने प्रतिबद्धता उनले गरेका छन् ।
