Tuesday, June 9News That Matters

लिम्चुङबुङ भ्यु टपको पहिलो ढलान आजबाट सुरु

पूर्णपुष्टि, बैशाख ४ ।

पर्यटनको नयाँ गन्तब्य लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्युटपमा निर्मिणाधिन एभरेष्ट भ्युटावरको आज पहिलो ढलान हुदैछ । ७२ फिट अग्लो एभरेष्ट भ्यु टावरको पहिलो ढलान र टावरको मुख्य पिलरको धुपवाती गरेको पालिका अध्यक्ष मेजरकुमार राईले बताए । जिरोदेखि हिरोको नाराका साथ अगाडि बढिरहेको पालिकाले कृषि र पर्यटनलाई समृद्धिको सुत्र मानेको छ ।

पर्यटनको नयाँ गन्तब्य बन्दै गएको लिम्चुङबुङको भ्युटपबाट आठ हजार माथिको छ वटा हिमालदेख्न सकिन्छ । अध्यक्ष राईका अनुसार विश्वको सर्बोच्च शिखर सगरमाथा (८८४८), कञ्चनजङ्घा (८५८६), लोत्से (८५१६), मकालु (८४८५), लोत्सेसार (८३८२) र चोयु (८१८८) को दृष्य वालोकन गर्न सकिन्छ । सगरमाथाको तीन भागमध्ये एक भाग चिनतर्फ पर्छ भने बाँकी दुईभागको अवलोकन लिम्चुङबुङबाट गर्न सकिने उनले बताए ।

सगरमाथा सोलुमा परेपनि हेर्नका लागि लिम्चुङबुङ उपयुक्त रहेको दावी छ । सोलु पातलेबाट एक भाग मात्र देखिदा लिम्चुङबुङबाट दुई भाग देखिने भएपछि पर्यटकको रोजाई लिम्चुङबुङ पर्न थालेको उनले बताए । यहाँबाट नेपालको सबैभन्दा राम्रो सुर्योदय र सुर्यास्त हेर्न सकिने भएपछि थप आकर्षण र रोजाइ परेको छ ।

एक वर्ष अघिदेखि निर्माण सुरु टावर आगामीवर्ष सम्पन्न गर्ने लक्षका साथ काम बढेको छ । टावरको साढे चार करोड लगानी रहेको छ । टावरको पहिल्लो तल्लामा एकहजार देखि तीनसय जना क्षमताको सभा हल बन्ने जनाइएको छ ।