Wednesday, April 22News That Matters

वडा कप फुटबलको मैत्रिपुर्ण खेलमा राजनीतिक दल र जोगिदह विजयी

पूर्णपुष्टि, कार्तिक १३ । त्रियुगा नगरपालिका वडा नं. १ मलामीघाटी पूर्वटोलमा जारी दोस्रो वडा कप फुटबल प्रतियोगिताको मैत्रिपुर्ण खेलमा स्थानीय राजनीतिक दल र जोगिदह युवा महिला क्लब विजयी भएका छन् ।

मंगलबार भएको पहिलो मैत्रीपूर्ण खेलमा स्थानीय राजनीतिक दलले जनप्रतिनिधि तथा सरकारी कर्मचारी टिमलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गरेको हो । निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा लगिएको थियो ।

दोस्रो मैत्रीपूर्ण खेलमा जोगिदह महिला युवा क्लबले जनहित महिला युवा क्लबलाई १-० गोलले पराजित गर्‍यो । जोगिदहका लागि जर्सी नं. ४ की आकृति राईले पेनाल्टीमार्फत निर्णायक गोल गरिन् । यस खेलको म्यान अफ द म्याच बनेकी आकृती राईले नगद रु. ५०० रुपैँया प्राप्त गरिन् ।

विजेता जोगिदह टिमले नगद रु. १,००० र उपविजेता जनहित टिमले रु. ५०० प्राप्त गरे । वडा स्तरीय खेलकुद समितिद्वारा आयोजित यस प्रतियोगिताको फाइनल खेल भोलि बुधबार रुपनी फुटबल क्लब र धनगढी फुटबल क्लबबीच हुनेछ । भोलीको विजेता टिमले नगद रु. १५ हजार र उपविजेताले नगद रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ ।

खरानी रंगको जर्सिमा जोगिदह महिला युवा क्लब र सेतो रंगको जर्सिमा जनहित महिला युवा क्लब