Wednesday, June 10News That Matters

विदेश पठाउने प्रलोभवमा पारी रकम ठग्ने खोटाङे युवा पक्राउ

पूर्णपुष्टि, साउन ३० गते ।
विदेश पढाउने प्रलोभन देखाएर रकम ठगी गर्ने एक युवा पक्राउ परेको छ । खोटाङको बाह्रपोखरी गाउपालिका–५ देवथान घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका ३५ वर्षीय प्रकाश राई पक्राउ परेको हो ।
राईले रसुवा गोसाइकुण्ड गाउँपालिका–५ ठूलोस्याप्रूका २७ वर्षीय निमा काल्तेन तामाङ लगायतलाई वर्किङ भिसामा विदेश पठाइदिने भन्दै प्रति व्यक्ति १६ लाखका दरले १६ जनाबाट १ करोड ३६ लाख ५० हजार रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।