
पूर्णपुष्टि, साउन ३० गते ।
सुनचाँदीको मूल्यमा आज गिरावट भएको छ । सुन तोलामा ४ सय रुपैयाँले र चाँदीको मूल्यमा तोलाको १५ रुपैयाले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ४ सय र तेजावी सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबर छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ८ सय र तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
इता, चाँदीको मूल्य तोलामा १ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ । आइतबर चाँदीको मूल्य एक हजार २ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
