
पूर्णपुष्टि, असोज २८ गते ।
विराटनगरमा एक जना युवकको अपहरण गरि हत्या गरिएको छ । सिराहा गोलबजार–२ का १८ वर्षीय अंशु सदाको हत्या हो ।
सदाको अपहरणपछि हत्या गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले जाकारी दिए ।
सदालाई अपहरण गरेर असोज २६ गते विराटनगर ल्याएको र बिहिवार विराटनगर बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसमा हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सदाको हत्या अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको एसपी कोइरालाले बताए ।
उनका अनुसार सदाको हत्यामा तीन चार जनाको समूह संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
