Sunday, April 19News That Matters

विराट मेडिकल कलेजमा पुरुष नर्सहरुको प्रभावकारी सेवा

पूर्णपुष्टि, असार २४ । विराट मेडिकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा कार्यरत पुरुष नर्सहरुले प्रभावकारी सेवा प्रदान गरिरहेका छन्। दैनिक ३० जना विरामी भर्ना हुने यस विभागमा स्वास्थ्य सहायक (एचए) कोर्ष गरेका पुरुष नर्सहरुले महिला नर्सहरुको अभावमा समेत उत्कृष्ट सेवा दिइरहेका छन्।

निरजकुमार देव, विजय राजवंशी, मनोज मेहता, प्रशान्त ठाकुर, नितेशकुमार मेहता र सिकन्दर यादव लगायतका पुरुष नर्सहरु विरामीहरुको उपचार, औषधि व्यवस्थापन, रेकर्ड राख्ने, काउन्सेलिङ गर्ने जस्ता कार्यहरु धैर्यतापूर्वक गरिरहेका छन्। मानसिक रोगका विरामीहरुको उपचार जटिल र जोखिमपूर्ण हुने भएतापनि यी नर्सहरुले कुनै भेदभाव नगरी सबै प्रकारका बिरामीहरुको सेवा गरिरहेका छन्।

विभागका रेसिडेन्सियल इन्चार्ज डा। शिर्षकदीप श्रेष्ठका अनुसार पुरुष नर्सहरुको सेवाले उपचार प्रभावकारी बन्दै गएको छ। नर्सहरुका अनुसार विरामी र कुरुवाहरुबाट कुनै असन्तुष्टि नआएको बरु प्रशंसा मिलेको छ। जोखिम र चुनौतीपूर्ण कार्य भएपनि थप अनुभव हासिल गर्न र दक्ष स्वास्थ्यकर्मी बन्नका लागि उनीहरु यो पेशामा लागेको बताउँछन्।