
पूर्णपुष्टि,चैत्र ११ । आज छैठौँ विश्व नेवाः दिवस मनाइँदैछ । हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवाः दिवस’का रूपमा मनाइन्छ । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो ।
काठमाडौँ उपत्यका मूल थलो भएको नेवार समुदाय एउटा मूल भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ । त्यति मात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै प्रचलित छन् ।
