Thursday, June 18News That Matters

त्रियुगा नगर युवा तथा खेलकुद विकास पदाधिकारीले गरे पदभार ग्रहण

पूर्णपुष्टि,चैत्र १० । त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका पदाधिकारीहरुले पदभार ग्रहण गरेको छ । शुक्रबार खेलकुद विकास समितिको कार्यालयमा त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष विजय कुमार सिंहले खेलकुद पदाधिकारीहरुलाई पदभार ग्रहण गराएको हो ।

पदाधिकारीमा उपाध्यक्ष सर्मिला थापा(सबु),सचिव किरण कार्की, सह–सचिव राजेन्द्र राई र कोषाध्यक्षमा सन्जीप बिष्ट रहेका छन् । उनीहरुलाई अध्यक्ष सिंह सहित खेलकुद शाखा निरिक्षक अम्बिका प्रसाद धमलाले पदाधिकारीहरुलाई सम्मान तथा सफलताको शूभकामना साथै स्वागत गरेको थियो ।