
पूर्णपुष्टि, चैत्र १० । स्वास्थ्य क्षेत्रमा तिन दशक पारगरी अवकाश भएका नेपाल सरकार स्वास्थ्य क्षेत्रका अग्रज कर्मचारी चिन बहादुर राईलाई स्वाथ्य चौकी साउनेले भव्य विदाई गरेको छ । राई अढाई बर्षदेखी स्वाथ्य चौकी साउनेका (ज.स्वा. नि अधिकृत) छैँटौ तहका रुपमा कार्यालय प्रमुख भएर काम गर्दै आएका थिए । साउने बसाईको करिब अढाई बर्षको सकरात्मक अनुभव र कार्यको प्रसंशा गर्दै त्यहाँका कर्मचारी, नागरिक र वडा जनप्रतिनिधिले स्वास्थ्य प्रमुख राईलाई भव्य विदाई गरेको हो । स्वाथ्य चौकी साउनेले राईलाई शुक्रबार कार्यालयबाट विदाई गरेको जनाएको छ । वडा र स्वाथ्य चौकीको संयुक्त आयोजनामा राईलाई सुखद विदाई गरेको स्वास्थ्य चौकी साउनेले जनाएको छ ।

राईले स्वास्थ्य क्षेत्रमा करिब ३२ बर्ष नागरिकहरुको सेवा गरेको जनाए । उनले नेपालको बिभिन्न भुभागहरुको नागरिकहरुलाई उपचार गर्ने सुवर्ण अवसरका तिता मिठा कुराहरु विदाईको बेलामा व्यक्त गरे । उनले कुनै पनि कर्मचारीहरु सेवामा लाग्नुनै नागरिकहरु प्रति उत्तरदायी हुनु जनाए । आफुले नागरिकहरुको सेवामा लागि पर्दा सक्दो राम्रो गर्ने प्रयास गरेको समेत जनाए । ३६ सालबाट सरकारी सेवामा प्रवेश गरेका राईले पहिले जिल्ला विकास समितिको कार्यलयमा समेत सेवा प्रदान गरेको जनाए । त्यस पश्चात राई जिल्ला बिकास समिति छाडेर ४० सालबाट पून : स्वास्थ्य क्षेत्रमा फर्किएर नागरिकहरुको उपचारमा खटिएका थिए ।

राईले जागिरको फहिलो आफ्नो समय बिराटनगरबाट सुरु गरे । त्यसपश्चात भोजपुर, आछाम, खोटाङ र उदयपुरमा सेवा प्रदान गरे । उदयपुरमा राईले सबै भन्दा बढी समय करिब २४ बर्ष जिल्लाको बिभिन्न ठाउँहरुमा सेवा प्रदान गरे । उदयपुरको नेपालटार र उदयपुरमा मात्रै राई २४ बर्ष स्वस्थय क्षेत्रमा खटे । त्यस पश्चात उनले साउनेमा क्षेत्र बनाएर करिब अढाई बर्ष देखी सेवारत थिए । बिराटनगर बाहेक राईले सबै ठाउँमा प्रमुख तथा इन्चार्जकै जिम्मेवारीमा नागरिकहरुलाई स्वास्थ्य क्षेत्रमा सेवा दिए । राईको काम प्रति त्यस क्षेत्रका नागरिकहरुले सकरात्मक प्रसंशा गरेको छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सहकर्मीहरुले त्यस क्षेत्रमा राईले गरेको काम प्रति सकरात्मक प्रचार गर्दै अवकासको बाँकी जिवन सुखद् रहोस भन्दै कामना गरे । त्यहाँ रहँदा राईले नागरिकहरुलाई भद्र र सालिन ब्यवहारले सेवा प्रदान गरेको भन्दै बिदाई आफैमा दुखद रहेको समेत ब्यक्त गरे । नियम र प्रक्रियाले स्वाथ्य सेवाबाट राईलाई बिदाई गर्नु परेपनि अन्य जिम्मेवारीमा सँगै सहकार्य गर्ने समेत नागरिकहरुले प्रतिवद्धता गरे ।
एउटै पोष्ट (ज.स्वा. नि अधिकृत) मा १७ बर्ष सेवा
राईले जागिरको सिलसिलामा आफुले गरेको योगदान प्रति सम्वन्धित क्षेत्रले सोचेजति मुल्याङकन गर्न नसेको हो की भन्ने कुराको अनुभव सुनाए । अन्य कर्मचारीहरुले थोरै अबधिमै बिभिन्न तहहरु पार गर्दै जाँदा राईले भने एउटै पोष्ट (ज.स्वा. नि अधिकृत) मा करिब १७ बर्ष सेवा गर्नु परेको जनाए । यसै क्षेत्रमा आफु इमान्दारी रहेर नागरिकहरुको सेवा गर्दै जाँदा थप जिम्मेवारी दिईएको भए अझै नागरिकहरुलाइ गहन जिम्मेवारी बाट सन्तुष्ट बनाउनेमा आफु अग्रसर रहनु सक्ने थिए होला, राईले भने“ उनले आफु २१ बर्ष हुँदा स्वास्थ्य क्षेत्रमा सेवा सुरु गरेको बताउँदै एउटै पोष्टमा भने १७ बर्ष बिताउनु दुखद रहेको समेत जनाए ।
उनि पहिलो पटक अहेवको लेभलबाट स्वास्थ्य क्षेत्रको सेवामा प्रवेश गरेका थिए । उनले एउटै पोष्टमा १७ बर्ष बिताउनु भनेको सम्बन्धित निकायबाट आफ्नो सेवा प्रति मेहनतको मुल्याङकनमा अभाव रहेको अनुभव गरे । उनले सेवा अबधिभर कसैको च्याप्लुसी र बैमानी समेत नगरेको जनाए । प्राकृतिक रुपमै प्रक्रियाको आधारमा छैँटो तह भन्दा माथी राईलाई सम्बन्धित क्षेत्रले पहल नगर्दा उनि १७ बर्ष एउटै पोष्टमा रहनु बाध्य भए ।
राईकै कार्याकालमा साउने स्वास्थ्य चौकीको सुधार
राईका अनुसार अडाई बर्ष अघि साउने स्वास्थ्य चौकी एउटा कोठामा सिमित रहेर बिरामीहरुलाई सेवा दिँदै आईरको थिए । त्यस्तो अवस्थामा बिरामीहरुले सोँचेजति सहज उपचार पाउने कुरामा आफु ढुक्क नभएको भन्दै तत्कालका लागि आवश्यक स्वाथ्य सामाग्रीहरुमा राईले जोड गरे । अहिले कर्मचारीलाई क्वाटर सहितको बिभिन्न कोठाहरु उपलब्ध छ । हाल कार्यालय प्रमुख कक्ष, प्रसुति गृह, औषधी कक्ष, इर्मेजेन्सी र बिरामी जाँच कक्ष लगायतका कोठाहरु उपलब्ध भएको छ । त्यस अन्तर्गत इसिजी लगायतका सामाग्रीहरु पनि उपलब्ध छन् । राईको पालामा प्रसुति गृह अन्तरगत सम्पूर्ण अक्सिजन, डेलीभरी सेटहरु जोडिएका थिए । राई पुरानो अनुभवी कर्मचारी समेत भएको हुँदा बिभिन्न संघ संस्थाहरुबाट स्वाथ्य सामाग्रीहरु समेत जोड् सफल भएको जनाए ।





