
पूर्णपुष्टि, बैशाख २१ । इङ्लिस प्रिमियर लिगमा आर्सनललाई पछि पार्दै म्यानचेष्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ । गएराति लिग अन्तर्गत वेस्ट ह्यामलाई ३–० गोलले पराजित गर्दै सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा भएको खेलको पहिलो हाफ बराबरी खेलको सिटीले दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेको थियो । खेलको ५० औं मिनेटमा नाथन एकेले फ्रिकिक बाट गोल गर्दै सिटीलाई आग्रता दिलाएको थियो । खेलको ७० औं मिनेटमा हालाण्डले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर पारे भने खेलको ८५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको जित निश्चित गरेको हो ।
वेस्ट ह्यामविरुद्ध गोल गरेका हालाण्डले प्रिमियर लिगको एकै सिजन सर्वाधिक गोल गर्ने किर्मिमान बनाएका छन् । उनले जारी सिजनको ३३ खेलबाट ३५ गोल गरिसकेका छन् । यसअघि प्रिमियर लिगमा सार्वाधिक गोल गर्ने किर्तिमान एन्डी कोल र एलन शेररको नाममा रहेको थियो । प्रिमियर लिगको एक सिजनमा ३४÷३४ गोल गरेका उनिहरुले नाममा रहेको किर्तिमान हालाण्डले तोडेका छन् ।
यस जितसँगै सिटी अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । ३३ खेल खेलेको सिटी ७९ अंक सहित शिर्ष स्थानमा छ भने ३४ खेल खेलेको आर्सनल ७८ अंक सहित दोस्रो स्थानमा छ । सिटीले पराजित गरेको वेष्टह्याम ३४ खेलबाट ३४ अंक जोड्दै १५ औं स्थानमा छ।
