Wednesday, July 1News That Matters

वैदेशिक रोजगार विभागले ठगी नियन्त्रणका लागि तीन अनुगमन समिति गठन

पूर्णपुष्टि,चैत्र २९ । पछिल्लो समय वैदेशिक यात्राको क्रममा कयौँ नेपालीहरु नेपालमै ठगीमा परीरहेको हाम्रो समाजमा धेरै उदाहरणहरु पाईन्छ । त्यसैले वैदेशिक रोजगार विभागले ठगी नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विभागले छुट्टा–छुट्टै तीन वडा अनुगमन समिति गठन गरेको छ ।

विभागले गर्दै आएको अनुगमनलाई नियमित, व्यवस्थित बनाउन ठगी नियन्त्रण गर्ने उद्देश्यले विभागका निर्देशकहरूको संयोजकत्वमा अन्य अधिकृत र कर्मचारीहरू सदस्य रहने गरी अलग अलग तीन वटा अनुगमन समिति बनाइएको विभागले जनाएको छ । यो अनुगमन समितिले म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदायक लगायत वैदेशिक रोजगारको प्रक्रियासँग प्रत्यक्ष जोडिएका निकायहरूको अनुगमन गर्ने छ ।

विभागबाट खटिएको टोलीलाई आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध गराई अनुगमन कार्यलाई सहयोग पुर्‍याउने विभागले अनुरोध पनि गरेको छ । अब हुने अनुगमन भने नतिजामुखी हुने विभागले बताएको छ ।