Thursday, July 2News That Matters

उदयपुर सिमेन्ट उद्योगमा भुँसैभुँस मिसिएको गुणस्तरहिन कोईला, ल्याव टेस्टनै नगरी प्रयोग

पूर्णपुष्टि, चैत्र २९ । देशकै सबैभन्दा ठुलो उदयपुर सिमेन्ट उद्योगमा कोईला गुणस्तरहिन प्रयोग भएको गुनासो आएको छ । पछिल्लो समय कोईलामा गुनस्तरहिन पाईएको मजदुरहरुको भनाई छ । उद्योगले बुधबार मात्रै अनलोड गरेको २ ट्रक कोईलामा भुँसैभुँस मिसिएको पाईएको छ । भुँस भएको उक्त कोईला न्यु आयन सप्लायर्सबाट आयात गरेका थिए । यता बेस लाईन कम्पनीको कोइला पनि अनलोड भैरहेका थिए । सोही अनलोड गर्दै गरेको कोइला परिक्षण नगरी तत्काल प्रयोगमा ल्याईएको मजदुरहरुको भनाई छ । नेपाल काराखाना मजदुर संघका अध्यक्ष रामचन्द्र यादवका अनुसार कोईला परिक्षण गरेर मात्र प्रयोगमा आउनु पर्ने जनाए ।

यादवका अनुसार कोईला प्रक्रिया अनुसार प्रयोग नभईरहेको भन्दै यसले उद्योगलाई धरासाय बनाउने जनाए । कोईलानै गुणस्तर नभएपछि मेशिनहरु र उत्पादन आफैमा कम्जोरी हुने भन्दै उद्योगको अवस्था नाजुक बन्दै जाने यादवको भनाई छ । उद्योगले न्यु आयन र बेस लाईन गरी दुई छुट्टाछुट्टै कम्पनीबाट झारेको कोईला मध्ये न्यु आयन सप्लयार्सको कोईलामा भुँसैभुँस मिसिएको पाईएको हो । अर्को बेसलाईनको कोईला भने टेस्ट विनै मेशिनमा पठाईएको यादवले बताए ।

चलिरहेको मेशिनमा अनलोडकै क्रममा टेस्ट नगरीकनै मेशिनमा पठाएपछि मजदुरहरुले आपत्ति जनाएको छ । उद्योगका ल्यावटेस्ट प्रमुख असल बहादुर राईले ल्याव टेस्ट गर्न मेट्रियल लगेको जनाए । कोईलाको अन्तिम रिपोर्ट आउन ६ दिन सम्म लाग्ने जनाए । उनले प्रारम्भीक परिक्षणले सकरात्मक देखाएमा प्रयोगमा पठाउँदै गर्न सकिने जनाए ।
स्टोरका कर्मचारी राजेश प्रसाद ढुंगानाले चलिरहेको मेशिन वन्द हुन नदिन निरन्तर कोईलाको आवश्यक पर्ने जनाए । उनले यसरी कोईला अभावमा मेशिन वन्द हुन गए फेरी सुचारु गर्न ५ देखी ७ लाख सम्म खर्च हुने हुँदा निरन्तर राख्न केही कोईला प्रयोगमा आएको जनाए ।

क्लिङकर उत्पादनमा समेत काम गर्दै आएका यादवले ७२ घण्टामा ल्याव टेष्टको परिक्षण आउने जनाए । यादवका अनुसार कोईलाको लागि स्टिमेटमा चै ठुलो लगानी देखाउँदै गुणस्तरहिन कोइला आयात गरेको भन्दै आपत्ति जनाएको हो । उनले कोईला पछिल्लो समय असोज बाटै गणस्तरहिन रुपमा आयात हुँदै गएको समेत जनाए । सुधारका निम्ति लम्कीँदै गरेको उक्त उद्योग फेरी मेटिरयलमा मुछिएका छन् । विवाद पछि भुँस सहितको कोईला भने फिर्ता पठाईने उद्योगले जनाएको छ ।