Wednesday, July 1News That Matters

सगरमाथामा तीन जना शेर्पा आरोहीको मृत्यु

पूर्णपुष्टि, चैत्र २९ । सगरमाथा आरोहणको क्रममा हिमपहिरोमा परी तीन् जना शेर्पाको मृत्यु भएको छ । मृत्यु हुनेमा खुम्बु ल्हामु गाउँपालिका– ५ का तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । उनिहरु इम्याजिन ट्रेक प्रा।लि।बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए ।

सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर तिन जनाको मृत्यु भएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । बुधबार एक्कासी आएको हिमपहीरोका कारण मृतकको शव खोंचमा पुरिएको र शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । शव निकाल्न एसपीसीसीको टोली घटनास्थलमा गए पनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ ।

‘एसपीसीका अध्यक्ष शेर्पाले घटना निकै खोचमा भएकाले हाम्रो टोलीले उद्धार गर्न असफल भईरहेको बताएका छन् । वसन्त ऋतुको आरोहण सिजनको सुरुवातमै सगरमाथामा मानवीय क्षति भएको हो ।