Wednesday, June 10News That Matters

अमेरिकाबाट “किरात प्रदेश”को माग

पूर्णपुुष्टि, चैत २८ । विदेशमा रहेका नेपालीबाट पनि १ नं. प्रदेशलाई “कोशी प्रदेश” नामाकरण भएकोमा खेद प्रकट गर्दै “किरात प्रदेश” पुनःनामाकरणको माग भएको छ ।
अमेरिकाबासी किरात राईहरुको साझा सांस्कृतिक संस्था युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाले दुुतावासमार्फत किरात प्रदेश नामाकारणको माग पत्र पठाएको छ ।

संघीयताको तीन प्रमुख आधारमध्ये पहिचान एक हो । उसले नेपालको मौलिक सांस्कृतिक सम्पदाको रुपमा रहेको प्रागवैदिक कालिन किरात सभ्याता स्थापित हुनेगरी “किरात प्रदेश” पुनः नामाकरण गर्न माग गरेको छ । संस्थाका केन्द्रिय उपाध्यक्ष कुसुम राईको नेतृत्वमा पूर्व अध्यक्ष मिलन राई, केन्द्रिय सददस्य गणेश चामलिङ राई र डिएमभिपि च्याप्टरका उपाध्यक्ष डा. भबिराज राई सम्मिलित प्रतिनिधिटोलीले संयुक्त अधिराज्य अमेरिकाका लागि नेपाल सरकारका राजदुत श्रीधर खत्रीमार्फत माग पत्र नेपाल पठाएको छ । लासिङ्टन डिसीस्थित राजदुतावासमै राजदुत खत्रीलाई भेटि नेपालका प्रधानमन्त्री, सम्बन्धीत मुख्यमन्त्री र सभामुखलाई माग पत्र पठाएको हो ।

किरात इतिहास, सभ्याता र संस्कृतिलाई नामेट पार्दै नामाकरण भएको टिप्पणी गर्दै संस्थाले विज्ञप्ती जारी गरेको छ । संस्थाका अध्यक्ष जय थुलङु्ग राई र महासचिव मुक्ती नारायण राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल सरकार र प्रदेश संसदसंग किरात प्रदेश नामाकरणको माग राखिएको छ ।

संस्थाले गुरिल्ला शैलीमा “कोशी” नामाकरण गर्दा किराँत सभ्याता र भावना कुल्चिने काम भएको टिप्पणी गरेको छ । यसरी देशमा शान्ति र समृद्धि आउन नसक्ने भन्दै सच्याउन माग गरेको छ । स्वतस्फुुर्त उठेको पहिचानको आन्दोलनलाई सरकारले दवाउन बल प्रयोग गलत भएको र यथासक्या चाँडो मागलाई सम्बोधन गर्नु राम्रो हुने सुुझाएको छ । आन्दोलनको क्रममा शहिद बनेका पदम लिम्बु (लाजेहाङ) प्रति श्रद्धाञ्जली अर्पण गरेको संस्थाले घाइते, अपाङ्ग बनेकाहरुको उचित उपचार र क्षतिपूर्तीको माग सरकार समक्ष राखेको छ । पक्राउ परेका पहिचानबादी आन्दोलनकारीलाई धरपकड र हिरासतमा राखिएकोमा विरोध जनाएको संस्थाका सञ्चार प्रतिनिधि शेखर राईले जानकारी दिए ।