Tuesday, June 9News That Matters

उदयपुरको हाडेवासमा कृषकहरुलाई पशुपन्छी पालन सम्बन्धी दुई दिने अनुशिक्षण तालिम

पूर्णपुष्टि,चैत्र २९ । जिल्लाको उदयपुरगढी गाउँपालिका–७, हाडेवासमा अगुवा कृषकहरुलाई कृषि तथा पशुपन्छी पालन सम्बन्धि दुई दिने अनुशिक्षण तालिमको आयोजना गरिएको छ । वडा कार्यालयद्धारा आयोजित उक्त तालिममा ५० जना स्थानीय कृषकहरुले सहभागित जनाएको छ ।

जिविको पार्जनबाट व्यवसायी कृषी तथा पसु पालन तिर उन्मुख गराउने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरेको बताइएको छ । उक्त तालिममा स्थानीय कृषकहरुलाई तत्काल देखा परेका कृषि तथा पशुहरूको रोगको बारेमा सचेतना साथै त्यसका उपाएहरु बारेमा अवगत गराउने छ ।

बुधवार देखि भोलि बिहीवार सम्म संञ्चालन हुने कार्यक्रममा हाडेवासका २० जना महिला र ३० जना पुरुष गरी जम्मा ५० जनाले तालिममा उत्साह जनक सहभागिता जनाएको थियो ।