Wednesday, May 27News That Matters

व्यक्तिगत दबावमा पर्दिन : एसपी योगी

पूर्णपुष्टि, १७ साउन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगीले व्यक्तिगत स्वार्थमा नलाग्ने जनाएको छ । उदयपुरमा कार्याभार सम्हाल्न आईपुगेका एसपी योगीले सामुहिक दवाको लागि भए सबै काम गर्ने तर व्यक्तिगत दवाको लागि आफु पछि हट्ने जनाए । सामुहिक दवाव समूह र समाजको स्वार्थको लागि हुन्छ, तर व्यक्तिगत दवाव भनेको एक ब्यक्तिको स्वार्थको लागि हुन्छ, त्यहि भएर ब्यक्तिको दवामा पर्दिन, एसपी योगीले भने,” ।

शुक्रबार पत्रकारहरु सँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएको हो । आफु अन्य ठाउँमा जिम्मेवारी लिरहेको अवस्थामा उदयपुरको सामान्य जानकारी लिँई सकेको उनले जनाए । उक्त जानकारी अनुसार उदयपुरमा सुरक्षा हिसावले शान्त रहेको उनले बताए । आफुले उदयपुरमा व्यक्तिगत स्वार्थको लागि दवाहरु नआउने गरेको जानकारी पाएको सुनाए । उदयपुरमा काम गर्ने कुरामा सहयोगी क्षेत्रहरुको बहुमत रहेको सुनेको छु । यहाँ दवावहरु नआउने गरेको जानकारी छ, उनले भने, । सँगै जिल्लामा दुर्घटना, अपराध, लागु औषाध, सामाजिक संञ्ञालको दुरुपयोग बारे समस्याको समधान गर्ने तर्फ आफ्नो मुख्य प्राथामिकता हुने उनले जनाएको छ । उनले आफ्नो सुरक्षा क्षेत्रलाई सफल बनाउन उदयपुरवासी सबै क्षेत्रले सहयोग गर्नु पर्ने अनुरोध गरे । उनले आफुले नभै प्रहरीले गर्ने सुरक्षा जिम्मा भएको हुँदा सबै एक भएर लागि पर्नु पर्ने उनले जनाए ।