Thursday, May 7News That Matters

शरीरमा पेट्रोल छर्केर आगो लगाई देवरले गरे भाउजुको हत्या

पूर्णपुष्टि, माघ २३
सप्तरीमा आफ्नै देवरले भाउजुको शरिरमा आगो लगाएर हत्या गरेको छ । माघ २१ बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय देवरले २७ वर्षीया भाउजुको शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

सप्तरीको बोदेबर्साइन नगरपालिका १ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएकाको राजकुमारीको श्रीमान रविनको आरोप छ ।

राजकुमारीको उपचारको क्रममा मृत्यु भएको हो । राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । प्रहरीले आगो लगाउने देवर फरार अवस्थामा रहेकाले मृतकी श्रीमानको जाहेरीको आधारमा उनको खोजी कार्य भईरहेको जनाएको छ ।