
पूर्णपुष्टि, माघ २३
ब्राउनसुगरसहित दुई जना भारतिय नागरिक झापाबाट पक्राउ परका छन् । जिल्लाको मेचिनगर नगरपालिका–१५ स्थितबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउका २५ वर्षीय मो.सुल्तान र २७ वर्षीय रन्जित गणेश रहेका छन् ।
हिजो दिनको ३ बजे प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध ब्राउन सुगर १५ ग्रामसहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ ।

