
पूर्णपुष्टि, माघ २३
झापा दमक नगरपालिका–१ डाँडागाउ एकता टोलका २६ वर्षीय प्रकाश सिटौला लागुऔषधसहित पक्राउ परेको छ । हिजो बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट निट्राभेट–७५ ट्याब्लेट र इस्कुफ १०० एमएलको ७ बोतल फेला पारेको थियो । पक्राउ परेका सिटौलालाई ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।

