
पूर्णपुष्टि, मंसिर २१
शिक्षकहरु समेत राजनितिक दलदलयामा व्यवसायीक रुपमा लागि परेको भन्दै दलको पद वा सदस्यता ख्यारेज गरी निर्वाचन आयोगमा जानकारी गराउँन आयोगले सूचना जारी गरेको छ । आयोगले हालै मात्र राजनितिक पार्टीहरुमा लागिरहेका दलको कुनै पनि पद वा सदस्यता लिइएका शिक्षक तथा प्राध्यापकहरुलाई हटाउन बारे उच्च अदालत पाटनको अन्तिरिम आदेश र निर्वाचन आयोगकोको पत्र अनुसार जिल्ला निर्वाचन कार्यालय उदयपुरले पनि राजनितिक दलहरुलाई सूचना मार्फत सोको जानकारी गराउन अनुरोध गरेको छ ।
सरकारी कर्मचारी शिक्षक प्रध्यापकहरुले कुनै पनि राजनितिक दलको पदाधीकारी वा कमिटीमा सदस्यतामा वस्न नपाउने उच्च अदालतक पाटनको अन्तरिम आदेश अनुसार कार्यालयले पत्र मार्फत उदयपुरका राजनितिक दलहरुलाई त्यस्तो कुनै पद भएमा तत्कालै पद बाट हटाई जानकारी गराउन अनुरोध गरेको हो ।
कार्यालयले पत्रमा भनेका छन, त्यस्ता राष्ट्र सेवकहरुले सदस्यता, पदाधीकारी, मनोनयन भएको भए स्थानीय तह, प्रदेश र केन्द्रीय तहका बिभिन्न समिति, पदाधिकारी र सदस्यता बाट हटाई कार्यालयमा जानकारी गराउन अनुरोध गराएको छ । यदि सो पत्रको अनुरोधलाई वेवस्था गरिएमा कानुन वमोजीम कार्वाही समेतको व्यवस्था रहेको पत्रमा उल्लेख गरिएको छ ।

