Wednesday, April 22News That Matters

शिशवारी सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा

पूर्णपुष्टि, साउन १४ । बोक्सेमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा शिशवारी फुटबल क्लबले स्थान बनाएको छ। सोमबार गंगा खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा शिशावारीले डिडि वाईसि बेल्टारलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। खेलको निर्धारित समयमा शिशवारीका लागि जर्सी नम्बर १ का अर्जुन रानाले गोल गरेका थिए भने डिडि वाईसिका लागि जर्सी नम्बर १० का सचिन खड्काले गोल गरेका थिए। यस खेलको म्यान अफ द म्याच शिशवारी फुटबल क्लबका अर्जुन राना घोषित भए। उनले नगद रु. १ हजार सहित मेडल प्राप्त गरे।