
पूर्णपुष्टि, बैशाख १३ । शहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबमाथि सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ । बुधबार च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले संकटालाई ४–० गोलको फराकिलो अन्तरमा हराएको हो ।
सातदोबाटोलाई जित दिलाउन विलियम ओपोकु र दिपकराज सिंह ठकुरीले समान २–२ गोल गरे । खेलको १० औं मिनेटमा विलियमले गोल गर्दै आग्रता दिलाएका थिए भने १८ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २–० को आग्रता बनाएको हो । भने दोस्रो हाफको ६८ औं र ८२ औं मिनेटमा दिपकको गालबाट सातदोबाटोले फराकिलो गोल अन्तरमा संकटामाथि जित निकालेको हो ।
सिजनको छैटौं जितपछि सातदोबाटो १२ खेलबाट २१ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ भने पाँचौ हार बेहोरेको संकटा १२ खेलबाट १५ अंकसहित नवौँ स्थानमा छ ।
