Thursday, June 4News That Matters

सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी र नेकपा एसको मात्रै गठबन्धन

पूर्णपुष्टि, बैशाख ७८
सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एसविच मात्र गठबन्धन भएको । स्थानीय तह निर्वाचनको लागि यी दुई पार्टीले मात्रै चुनावी तालमेल गर्ने जनाएको छ । सत्ता साझेदार ५ दलले गठबन्धन बनाउने सहमति अनुसार खडक नगरपालिकामा यी दुई पार्टीबीच गठबन्धन गरिएको हो ।

परिवर्तन विरोधी शक्तिहरु सक्रिय भईरहेको अवस्थामा देशको परिस्थिति अनुसार अगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा जिल्ला जिल्लामा स्थानिय तहलाई परिवर्तनकारी पार्टीहरु मिलेर बनेको महागठबन्धनको भावना अनुसार दुई पार्टीले चुनाव तालमेल गरेको प्रेस विज्ञाप्तीमा उल्लेख छ ।

समाजवादी)का नगर अध्यक्ष विजय कुमार द्धारा जारी संयुक्त विज्ञप्तीमा नगरपालिकालाई सहि दिशा, नीति र सक्षम नेतृत्व प्रदान गर्न दुवै पार्टीले नगरपालिकाको वडाहरुमा समेत तालमेल गरी जाने सहमति भएको जनाएको छ । साथै चुनावी कार्यक्रम र प्रचार प्रसारदेखि मतदान समेत गर्न गराउन सम्बन्धीत दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुमा विज्ञप्तीमा आग्रह गरिएको छ ।

सहमति अनुसार नेकपा (माओवादी केन्द्र)बाट वडा नम्बर १, २, ६, ८ र १० तथा नेकपा (एकीकृत समाजवादी)ले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्ण भएको छ। भने वडा नम्बर ३ र ९ मा छुट्टा–छुट्टै उम्मेदवारी दिने निर्ण भएको छ ।