Thursday, June 18News That Matters

सप्तरीमा कारको ठक्करबाट उदयपुरकी एन्जिलाको मृत्यु

पूर्णपुष्टि,चैत्र २७ । सप्तरीको कल्याणपुरमा कारको ठक्करबाट मोटरसाईकलमा सवार उदयपुर घर भएकी एन्जिला बस्नेतको मृत्यु भएको छ । आईतबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–७, कल्याणपुर बजार ३ च ५२९३ नम्बरको कार र को १५ प १९१ नम्बरको मोटरसाइकलमा ठोक्किदा उदयपुरको त्रियुगा नगरपालिका-९, बगाटोलका ३६ वर्षीय ध्रव बस्नेतका १० वषीय छोरी एन्जिलाको मृत्यु भएको हो । मृतक बालिकाका बुवा मोटरसाइकल चालक ध्रुव गम्भीर घाइते भएका छन् ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार बाबु–छोरी सवार मोटरसाइकल कारमा ठोक्किएपछि ना६ख ९८५२ नम्बरको ट्रकमा पनि ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ध्रुव र एन्जिलालाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो । उपचारको क्रममा दिउँसो तीन बजे एन्जिलालाई डाक्टरले मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी सिंहले जानकारी दिए । उनका बुवा ध्रुवको भने उपचार जारी छ ।

कार, कार चालक, ट्रक र ट्रक चालकलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल सप्तरीले जनाएको छ । सोहि दिन उदयपुरको गाईघाट मुख्य चोक नजिक ट्रकको ठक्करबाट त्रियुगा नगरपालिका वडा नम्बर–१४ स्थित साउनेका अन्दाजी ४५ बर्षिय तारिणी मगरको मृत्यु भएको थियो ।