Saturday, June 13News That Matters

सरकारबाट निस्कने रास्वपाको निर्णय

पूर्णपुष्टि, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले पुष्प कमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारबाट बाहिरने निर्णय गरेको बैठकमा एक सहभागी नेताले जानकारी दिए ।

सरकार निर्माण गर्दा भएको सहमति अनुसार गृहमन्त्रालय आफ्नो पार्टीले पाउनु पर्ने सभापति लमिछानेको अडान थियो । तर गृहमन्त्रालय प्रधानमन्त्री दाहालले नदिएपछी सरकारबाट बहिरने निर्णय गरेको हो ।

पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। (रास्वपा) ले सरकारलाई दिएको समर्थन भने कामय राखेको छ । सरकार छाड्ने निर्णय पछि दुई मन्त्रालय खाली भएको छ । रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए । आजको निर्णयसँगै रास्वपाको पहिलो सत्तायात्रा ४० दिन नपुग्दै टुंगिएको छ।