Monday, May 11News That Matters

सरकारलाई सांसद डोलप्रसाद अर्यालको प्रश्न : नेपालका सुरक्षाकर्मीलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ?

पूर्णपुष्टि, असार ३ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले सरकारलाई प्रश्न गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भारतीय पक्षले नेपाली भूमिको नापजाँच गर्दा पनि नेपाली सुरक्षाकर्मीले सुईको समेत नपाउँदा उनिहरुलाई जागिर खानको लागी मात्र सिमामा पठाएको हो भन्दै सरकारलाई प्रश्न तेर्साएका हुन् ।

उनले भनेका छन् ‘असार १ गते भारतिय प्राविधिकहरुले इन्डियन नेस्नल हाईवे सर्वे गर्ने भन्दै कन्चनपुरस्थित भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको बताए । सर्वेका सामान सहित आएका ती प्रतिनिधि प्राविधिकहरु नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुईको समेत नपाएको भन्दै आपत्ति समेत जनाए । के उनिहरुलाई जागिर खानको लागी मात्र सिमामा खटाईएको हो भन्दै सरकारलाई प्रश्न गरे ।

बरु सुरक्षाकर्मीभन्दा स्थानीयहरु धेरै जागरूक र सचेत देखिएको उनले बताए । उनिहरुले गलत काम भईरहेको देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए । नेपाली पक्षसँग समन्वय नगरी एकतर्फी धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वभाविक मान्न नसकिने भएकोले यसको सत्य तथ्य छानबिनको लागी गृह मन्त्रालयको समेत ध्यानाकर्षण गराएका छन् ।