
पूर्णपुष्टि, भदौ ११
त्रीयुगा नगरपालिका–५ मा रहेको सरस्वती सामुदायिक वनले आफ्नो उपभोक्ताको लागी दर कार्यक्रम आयोजना गरेको छ । दर कार्यक्रम अघि महिला सशक्तिकरणका लागि सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो ।
दर कार्यक्रममा सामुदायिक वनमा आवद्ध महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।सो कार्यक्रम सामुदायिक वनले विकास गरेको मयुरवनमा गरेको थियो ।
सरस्वती सामुदायिक वनले आफ्नो वनक्षेत्रमा पर्यटकीय क्षेत्र ‘मयुरवन’ निर्माण गरेको छ । मयुर वनमा हिन्दु तथा किरात धर्मसम्बन्धी सामाग्री निर्माण गरेको छ । साथै वृक्षारोपण समेत गरी वनसंरक्षण गर्दै आएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथी त्रीयुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले सामुदायिक वनले महिला नेतृत्व बिकासमा महत्वपूर्ण भुमिका खेलेको बताएकी थिईन । सो कार्यक्रमको सभापति सरस्वती सामुदायिक वनका अध्यक्ष दिपक बान्तवा राई रहेको थिए ।


