
पूर्णपुष्टि, जेष्ठ १५
मोरङको बेलबारी नगरपालिका–१० स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका–११ का २३ बर्षीय अनिल चौधरी र २४ बर्षीय राजेश धिमाल रहेका छन ।
हिजो बेलुका सवा ७ बजे पुर्व तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्वरको बस, सडकमा रोकी राखेको को.२त ८५५९ नम्वरको ट्रयाक्टरमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को.१० प ३५९९ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकलमा सवार रहेका चौधरी र धिमाल घाईते भएका थिए ।
घाईतेहरुलाई तत्काल उपचारको लागि बिराटनगर स्थित कोशी अस्पताल लगिएकोमा चौधरीको अस्पताल पुर्याउन साथ मृत्यु भएको र धिमालको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन र दुवै चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।
