पूर्णपुष्टी/उदयपुर, माघ १२।
आज एकजना अशक्त र पीडामा पर्नुभएको व्यक्ति पूर्णपुष्टि कार्यालय खोज्दै आइपुग्नुभयो। wheelchairको सहाराले आउनुभएको उहाँ माथिल्लो तला उक्लन नसक्ने भएकाले भुइतलामै भेट गर्यौ । उहाँ रौतामाई गाउँपालिका घर भई हाल त्रिगा नगरपालिका वडा नम्बर १३ भुसुनेमा बस्दै आउनुभएका ३३ वर्षीय तिलक बहादुर बहादुर राया हुनुहुन्छ उहाँको फेसबुकमा नाम भने प्रकाश राया क्षेत्री रहेछ । लडेर चार वर्षदेखि अशक्त बन्नुभएको उहाँ उपचारमा धनसम्पत्ति सकिएपछि सहयोग याचनामा हुनुहुँदो रहेछ। आफ्नो याचनालाई कतै सहयोगी मनहरूसम्म मिडियाले पुर्याइदिन्छ कि भनेर आउनुभएको रहेछ । दुई छोरी एक छोरा श्रीमती र बुवाआमा, बुवा पनि जन्मजात अपाङ्ग हुनुहुँदो रहेछ । लडेर मेरुदण्ड भाँचिएको छ। मेरुदण्ड नै भाँचिएको कारण हातखुट्टा समेत चल्दैन । विभिन्न अस्पतालहरू आउँदा धाउँदा खर्चले आर्थिक अवस्था रित्तो बन्न पुगेको छ। एकातिर पारिवारिक व्यावहारिक बोझ अर्कोतिर अशक्तताको पीडा । मेरुदण्डको घाउ बल्झिएको अवस्था । औषधि खाने पैसाको अभाव । भर्खरै जिल्ला अस्पताल उदयपुरमा चेकजाँच गर्दा पिसाबमा इन्फेक्सन र मृगौला मा समस्या देखाएकोले तुरुन्त राम्रो अस्पतालमा जान सल्लाह । घरको जायजेथा बेचेर १२ /१४ लाख खर्चले बाँचिरहेका उनी थप उपचार खर्च पाए नयाँ जीवन पाउने आशामा छन् । त्यसैले सहयोगको याचना माग्दै सहयोगी हात र सहयोगी मनहरुसम्म आफ्नो याचना सुनाई मागेका छन् । माग्नु रहर होइन बाँच्ने आशाले सहयोगको याचना गरेको हुँ उनले भनेका छन् । सबैले सानोसानो सहयोग गरिदिनुभयो भने मेरो लागि नयाँ जीवन पाउने ठूलो सहयोग बन्नेछ। आफ्नो फेसबुक साथीहरूले अहिले पनि केही सहयोगहरू गर्दै आएको उनी बताउँछन्। ४०। ५० हजार सहयोग जुटेको र त्यसले आफूलाई उपचारमा ठूलो मद्दत पुगेको उनी बताउँछन्। आफू अशक्त हुँदाहुँदै पनि सिलाई कटाई सिकेर काम केही समय त गरेको तर बसाइले मेरुदण्डमा थाहै नपाई घाउ भएर इन्फेक्सन बढीको र अहिले फेरि स्वास्थ्यमा समस्या आएको उनी बताउँछन्। दुई दिनपछि काठमाडौँ ठूला अस्पतालमा जाने योजना बनाएका उनलाई खर्चकै अभाव र चिन्ता छ। उपचार पाए भने म निको हुन्छु र नयाँ जीवन पाउँछु मेरो परिवार बालबच्चा श्रीमती र बुवाआमा समेतलाई सम्हाल्न सक्छु उनले भनेका छन् । media सामाजिक सञ्जालहरूमा धेरै पीडितहरूले सहयोग पाएको देखेर आफूले पनि सहयोग पाउँछु कि भनेर आशा राखेका रहेछन् । मिडिया मार्फत सहयोगी मनहरुसम्म सहयोगको याचना पुग्ने उनको विश्वास छ। सहयोगका लागि सिधै सम्पर्क गर्न सक्ने गरी उनले मोबाइल नम्बर, बैंकको खाता र क्यूआर भिडियोमा लगाइदिन अनुरोध गरेका छन्।
