Wednesday, June 3News That Matters

साथीबाटै किशोरीको ह*त्या भएको रहस्या बाहिरियो : उदयपुर किशोरी ह*त्याकाण्ड


पूर्णपुष्टि, चैत्र २२ ।
उदयपुरमा मङ्गलबार ह*त्या भएकी किशोरी आफ्नै साथीबाट हत्या भएको रहस्या बाहिरिएको छ । प्रतिशोधका कारण संगै पढ्ने साथीले ह*त्या गरेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट यस्तो रहस्या बाहिरिएको हो ।
बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षिया किशोरी कविता सुनुवारलाई संगै पढ्ने साथी बेलका नपा ३ की १७ वर्षिया सरिता ढकाल (खत्री) र उनको दाजु पर्ने काकाको छोरो १९ वर्षिय विनोढ ढकालले ह*त्या गरेको प्रारम्भिक अनुसन्धानबाट आशंका गरिएको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज प्रहरी निरिषक तेजप्रसाद दाहालले जानकारी दिनुभयो । संगै पढ्ने साथी–साथीबीच प्रतिशोध साधेर गरिएको सामान्य कुटपिटको योजना हत्यासम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो । सत्यतथ्य भने अनुसन्धानपछिको निचोडले निर्कौल गर्ने उहाँको भनाई छ ।
घटनापछि प्रहरीले संकास्पद देखिएका ढकाल दाजु–वहिनीलाई गाउँमै घरबाट पक्राउ गरेको थियो । एकवर्षदेखि वहिनीकै घरमा बस्दै आएका दाजु विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको बुझिएको छ । पक्राउ पछि सोधपुछको क्रममा उनीहरुबाट प्रतिशोधका कारण ह*त्या भएको कुरा खुलेको प्रहरी स्रोतले जनाएको छ ।
साथी कविताले आफुलाई विभिन्न कुरामा ब्याकमेलिङ गर्ने, त*नाव दिने गरेकोले त्यसैको रिस फेर्न योजना बनाई एकाविहानै फोन गरेर ट्युसन पढ्न बोलाएको र बाटैमा रोकेर दाजुसंग मिलेर कुटपिट गरेको प्रहरीलाई वयान दिएको बुझिएको छ । फोनबाट बोलाएर एकान्तमा लगेर कुटपिट गरेको र घटनाले ठूलो रुप लिने डर भएपछि दाजुवहिनीले ह*त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरु स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत हुन् । सो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतका अनुसार पक्राउ परेकी सरिता र मृ*तक कविता विद्यालय र गाउँका मिल्ने साथी थिए । मृतक कविता विद्यालयकै अनुशासित, इमान्दार, मेहनती र जेहेन्दार छात्रा थिइन् । विद्यालयले विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानविन गरी अ*पराधीलाई कडा कारवाहीको माग गरेको छ ।
किशोरी ह*त्या घटनापछि बेलकाको रामपुर बजार क्षेत्र पुरै शोकमग्न बन्यो । ह*त्या घटनाले शान्ति सुरक्षामाथि प्रश्न उठाउदै स्थानीयले प्रशासन र प्रहरीविरुद्ध नाजाबाजीसहित रामपुर बजारमा प्रदर्शन गरे । घटनाको सत्यतथ्य पत्ता लगाई अ*पराधीलाई कार्वाहीको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय घेराउ गरे । बिद्यार्थीहरुले बिद्यालय बन्द गराई सडक प्रदर्शन गरे । उनीहरुले आन्दोलनमार्फत सडकमा टायर बालेर छिटो अ*पराधी पत्ता लगाई सार्बजनिक गर्न र कारवाही गर्न प्रशासनलाई दवाव दिए ।
घटनालगत्तै प्रहरीले कानुनी अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताउनुभयो । घटनास्थलको सुरक्षा एवम् अनुसन्धानमा खटिएको प्रहरीले घटनापछि घरमै बसिरहेको अवस्थामा दाजुवहिनी दुबैजनालाई पक्राउ गरेको थियो ।
घटनास्थल र शबको प्रकृत्ति मुचुल्का उठाएर शब पोष्टमार्टमका लागि धरानस्थि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानबाट छिटै ह*त्यारा निर्कौल गर्ने प्रहरी प्रमुख एसपी बोहोराको भनाई छ ।