Wednesday, June 3News That Matters

माओवादी केन्द्रको त्रियुगा नगर विस्तारित बैंठक सम्पन्न

पूर्णपुष्टि, चैत २२ ।
नेकपा माओवादी केन्द्रको त्रियुगा नगर कमिटिको विस्तारित बैंठक आज सम्पन्न भयो । गाइघाटस्थित टाउन हल होटलमा सम्पन्न बैंठकमा पालिकाको १६ वटै वडाका वडा कमिटिहरुले पार्टीको वस्तुस्थिति र स्थानीय चुनावी अवस्था बारे रिपोटिङ गरेका थिए ।
संघीय सांसद एवम् केन्द्रिय नेता सुरेशकुमार राईको प्रमुख आतिथ्यमा भएको बैंठकले वडा कमिटिहरुलाई स्थानीय निर्वाचनमा केन्द्रित हुन निर्देशनात्मक निर्णय गरेको जनाइएको छ । माओवादी केन्द्रीय सदस्य मणी खम्बु, वाईसिएल इन्चार्ज दिपक किराँतीसमेतको आतिथ्य रहेको बैंठकमा चुनाव केन्द्रीत छलफल, बहस भयो ।
प्रमुख अतिथि नेता राईले गठबन्धन गर्ने पार्टीको निर्णय बमोजिम लाग्न निर्देशन दिएका छन् । नगर अध्यक्ष गिता खड्का कार्कीको अध्यक्षतामा बैंठक भएको थियो ।