Wednesday, June 10News That Matters

सामाजिक संञ्चालमा जारीको क्लिव लिक भएको भन्दै निर्माण टिमको उजुरी

पूर्णपुष्टि, बैशाख ३
अहिले हलमा प्रदर्शन भइरहेको ‘जारी’का निर्माताले सामाजिक सञ्जालबाट फिल्मको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिंदै पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

हलमा खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत उनले माग गरेका छन् । अहिले सामाजिक सञ्जालमा यो फिल्मका दृश्यहरु छ्याप्छ्याप्ती हालिएको छ ।

दयाहाङ राई र मिरुना मगर स्टारर यो फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शन भइरहेको छ । निकै आक्रामक कमाइ गरिरहेको फिल्मका लामा(लामा दृश्य पनि टिकटकमा हालिएको छ । यसअघि पनि छक्कापञ्जा ४ पाइरेसी भएको भन्दै निर्माताले साइबर ब्युरोमा उजुरी दिएका थिए । पछि प्रहरीको तदारुकतामा पाइरेसी गरिएका एकाउन्टबाट ती दृश्य हटाइएको थियो ।