Tuesday, June 9News That Matters

चौदण्डीगढी कर्मचारी घुस प्रकरण : मेयर र प्रशासकीय अधिकृतलाई तालावन्दी

पूर्णपुष्टि, बैशाख ३
उदयपुरको चौदण्डीगढी नगरपालिकामा ताला लागेको छ । नगर प्रमुख कालुमान लामा र प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद हुमागाईको कार्यकक्षमा ताला लागेको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा चौदण्डीगढी नगर कमिटी र नागरिक समाजको संयुक्तमा बिरोध कार्यक्रममा ताला लगाईएको हो । उनिहरुले मेयरको कार्यकक्षबाट सेवाग्राहीलाई बाहिर निकालेर नगर प्रमुख कालुमान तामाङ र प्रशासकीय अधिकृत चित्र प्रसाद हुमागाई कोठामै रहेको अवस्थामा ताला लगाईदिएको हो ।

माओवादी केन्द्र चौदण्डीगढी नगर कमिटीका अध्यक्ष दिनेश बाहिङ राईले अख्तियारले घुस माग्ने सम्बन्धित व्यक्तिहरुलाई अनुसन्धान गरी कार्वाही
नगरे सम्म ताला नखुल्ने जनाए । नागरिक समाजको तर्फबाट बुद्धहाङ राई र टिकाराम श्रेष्ठ सहितको उपस्तिथिमा ताला लगाईएको राईले जनाए । राईका अनुसार अख्तियारको छानविन चाँडो रुपमा हुनु पर्ने र दोषीलाई कार्वाही हुनै पर्ने भन्दै तत्कालका लागि तालावन्दी गरिएको हो ।

<iframe src=”https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Frajendra.dusta%2Fvideos%2F1535477893647158%2F&show_text=false&width=560&t=0″ width=”560″ height=”314″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>