
पूणर्पुष्टि, फागुन ८ । पछिल्लो समय छुवाछुतलाई कडाईका साथ कानुनी कार्यन्वयनमा जोड दिन भनिएपनि त्यो पिडितहरुले महसुस गर्न पाएका छैनन् । ओखलढुङगामा दलित समुदायमाथी भएको छुवाछुतको दुव्र्यवहार कानुन सँग सम्बन्धित व्यक्तिहरुबाटै मिलापत्र भएको छ ।
शिवरात्रीको दिन ओखलढुँङगा सिद्धिचरण ४ रुम्जाटार दलित समुदायलाई मन्दीर पस्न रोक लागाईएका थिए । मन्दीर पस्दा दलित महिलालाई उल्टै थुनेर सजाय समे दिईएको पिडितले जनाएको छ । शिवरात्रीको दिन शनिवार रुम्जाटारको शिव मन्दिरमा दलित महिला पूजा गर्न गएका थिए । तर स्थानीय लक्ष्मण गुरुङ र मन्दीर व्यवस्थापन समितिले प्रवेश गर्न दिएनन्। पछि शिक्षिका कृष्णकुमारी गजमेरसमेत पूजा गर्न पुगिन्। उनिलाई रोक्न खोजे पनि उनी मन्दरि जबरजस्ती पसेरै छाडिन् । तर उनलाई गेट लगाएर केहीबेर मन्दीर भित्रै थुनियो । म पुग्नु अघि गाउँका बहिनीहरूलाई छेकेरै पस्न दइिएको रहेनछ,’ रोक्न खोज्दा म भने पसेरै छाडेँ । मेरी आमालाई लछारेर पस्न दिईएनन् । ढोका बन्द गरेर केहीबेर मलाई त्यँही थुनियो।’ उक्त घटनाको मेलमिलापमा संलग्न प्रजिअ प्रदर्शनी कुमारी, नगर प्रमुख तेजन खनाल, डीएसपी दीपकबहादुर केसी, वडाध्यक्ष रत्नबहादुर गुरुङलगायतका पात्रहरु रहेको पिडितले जनाएको छ ।
मन्दीरमा छुवाछूतको घटना हुँदा प्रशासनले दोषीलाई कारबाही नगरेको भन्दै स्थानीय दलति समुदायले आइतबार कालो ब्यानरसहित जिल्ला प्रशासनमा धर्ना दिईए पछि प्रशासन कार्यालयले दुवै पक्ष राखेर मिलापत्र गराएको हो । राष्ट्रीय दलित आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले संविद्यान र ऐनविपरिद मिलापत्र भएको बताए । छुवाछुत घटनामा मेलमिलाप गर्ने अधकिार राष्ट्रीय दलित आयोगलाई मात्र छ, यो सरासर गलत हो,’ उनले भने । यसलाई थप अनुसन्धान गरी कर्वाही गर्नु पर्ने पुर्कुटीको तर्क छ ।
